चौरमै बस्यो मधेश प्रदेशसभा बैठक

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए । २९ कात्तिक, जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए ।

नीशम अनुबन्धपछि सन्तुलित पोखरा एभेन्जर्स, पहिलो सिजनभन्दा राम्रो गर्ने लक्ष्य

२७ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स भन्ने बित्तिकै सबैको दिमागमा नेपाल प्रिमियर लिग (एनपीएल) को महँगो टोली भन्ने आउँछ । पोखरा एभेन्जर्सले सन् २०२२ मा क्यानकै आयोजनामा भएको नेपाल टी-२० लिग पनि खेलेको थियो । त्यसपछि एनपीएलको पहिलो सिजनमा पोखरा सबैभन्दा महँगो टोली बन्यो । एनपीएलकै सबैभन्दा महँगो टोली पोखरा फ्रेन्चाइज टिम लिनकै लागि ३ करोड ५७ लाख खर्च गरिएको थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा विकास गर्न र ग्रासरुटबाटै क्रिकेट विकासमा योगदान दिनका लागि पोखरा एभेन्जर्सको टिम बनाएर एनपीएलमा पनि सहभागि भएको बताएका थिए । पहिलो संस्करण राम्रो टिम बनाएपनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ । पोखराले एनपीएल अघि क्रिकेट र संगितलाई जोड्न पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट समेत आयोजना गरेको थियो ।

दीपक र निश्चलको ‘बालखैमा दिल बस्यो गौथली-२’ सार्वजनिक

काठमाडौं । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ । जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज मिक्सिङ् तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एpटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ ।

जेन मलिक ‘वन डाइरेक्सन’ ब्याण्डमा फर्किन लागेको चर्चा के हो ?

‘द सन’ ले एक संगीत स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘यो एउटा ठूलो क्षण हो । हृदयविदारक भए पनि, लियामको निधनले उनीहरूलाई एकसाथ ल्याएको छ, यो अझ दुःखद छ कि उनी सदस्य पुनर्मिलन हुने क्षणलाई सेलिब्रेसन गर्ने सबैभन्दा ठूला चियरलिडर हुने थिए ।’ ‘वन डाइरेक्सन’ ब्याण्डबाट बाहिरिएको एक दशक पछि, गायक जेन मलिक ब्यान्डमा पुनः सामेल भएको खबर छ, तर संगीत सिर्जनाको लागि भने होइन । हालै सार्वजनिक भएका केही महत्वपूर्ण प्रतिवेदनले ३२ वर्षीय ’पिलो टक’ गायकलाई फेरि एक पटक ब्याण्डको कम्पनी ‘पीपीएम म्युजिक लिमिटेड’ को सक्रिय निर्देशकको रूपमा नियुक्त गरिएको खुलासा गरेको छ ।