Homeस्वास्थ्यसधैं हाम्रो घरमै भइरहने लसुन यसरी प्रयोग गर्यो भने मानिसलाई बाँझोपन देखि...

सधैं हाम्रो घरमै भइरहने लसुन यसरी प्रयोग गर्यो भने मानिसलाई बाँझोपन देखि क्या”न्सर समेत रोगमा लाभ मिल्छ ।

- Advertisement -

हाम्रो घरमा 12 औं  महिना मिल्ने लसुन पुरुषले यदि दैनिक बिहान खालीपेट  एक पोटी खायो भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ। वास्तवमा लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले थुप्रै स्वास्थ्य समस्यबाट बचाउन मद्दत गर्दछ । राजस्थान आयुर्वेदिक युनिभर्सिटीका सहायक प्राध्यापक डा. अरु दधिचले पुरुषले लसुन खानुका सात फाइदाबारे जानकारी दिएका छन् ।

के हुन् त ती फाईदा जानी राखौ ।

१. लसुनमा सेलेनियम हुन्छ । यसले बाँझोपनबाट जोगाउँछ ।

२. यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन् । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।

३. लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरिर पाउन सहयोग पुर्याउँछ ।

४. यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी भगाउँछ । शरिरले ऊर्जा पाउँछ ।

५. लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ ।

६. यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र हुने गर्दछ । यसले तौल नियन्त्रणमा रहन्छ ।

यो पनि पढ्नुहोस्।

रगतका लागि फाइदै–फाइदा

लसुनको उपयोग रगतसँग जोडिएका समस्या निराकरण गर्न निकै फाइदाजनक हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीका भित्ता सफा गर्छ, शरीरमा रगत जाम हुने समस्या हटाउँछ र रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न पनि यसले काम गर्छ । बच्चा जन्मिने दिन पुगेका महिलाले जतिसक्यो धेरै लसुनको सेवन फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।

पाचन प्रणालीमा सहयोगी

लसुनले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्छ । गाउँघरमा अपच भएका बेला वा हुनेजस्तो लागेमा लसुन खाने चलन पनि छ । शरीरका लागि प्राकृतिक एन्टिबायोटिकको काम गर्ने यसले शरीरका हानिकारक जिवाणु नियन्त्रण गर्छ । यसले शरीरका हितकारी किटाणुलाई भने असर गर्दैन ।

कलेजो स्वस्छ राख्छ

यसले कलेजोमा पाचन रसहरूको उत्पादन गर्न सहयोग गर्ने र बोसो जम्न नदिने भएकाले कलेजोलाई स्वच्छ राख्न यसको महत्वपूर्ण भूमिका हुन्छ । यसको एन्टिअक्सिडेन्ट तत्वले शरीरका कोषहरू नष्ट हुनबाट समेत जोगाउँछ ।

एलर्जी हटाउन सहयोगी

लसुनमा भएको एन्टिब्याक्टेरियल र एन्टिफंगल (ढुसी प्रतिरोधी गुण)ले एलर्जी हुनबाट जोगाउँछ । रुघाखोकी, घाँटीको समस्या र सामान्य अपच हुनेले नियमित लसुन उपभोग गर्दा फाइदा गर्छ ।

कोलस्ट्रोल नियन्त्रण

नियमित लसुन सेवनले शरीरमा बढ्ने खराब कोलस्ट्रोल घटाउने र असल कोलस्ट्रोल बढाउने काम गर्छ । खराब कोलस्ट्रोलले मुटुको रक्तनली तथा धमनीहरुलाई अवरुद्ध गरेर हृदयघातको समस्या हुने भएकाले लसुनको नियमित सेवनले हृदयघातको सम्भावना पनि कम रहन्छ ।

क्यान्सर निरोधक

क्यान्सर प्रतिरोधी क्षमताको जर्मानियम तत्व लसुनमा हुने भएकाले यो क्यान्सरका लागि पनि उपयोगी हुने देखिएको छ । यो तत्व अन्य कुनै पनि जडिबुटीभन्दा बढी लसुनमै पाइने अध्ययनले देखाएको छ ।

सावधानी

लसुनको बहुउपयोगी गुणबाट फाइदा लिन सकेसम्म दिनमा २ वा ३ पोटी उपभोग गर्नु बुद्धिमानी हुनेछ । तर, फाइदा गर्छ भन्दैमा जथाभावी लसुन खानु भने हुदैन । धेरै लसुन खाँदा छाती पोल्ने, पेट ढुस्स हुने, टाउको दुख्ने, शरीर थाक्ने, चक्कर लाग्ने पनि हुनसक्छ ।

- Advertisement -
- Advertisement -
16,985FansLike
2,458FollowersFollow
50,000SubscribersSubscribe
Must Read
Related News
- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here