नीशम अनुबन्धपछि सन्तुलित पोखरा एभेन्जर्स, पहिलो सिजनभन्दा राम्रो गर्ने लक्ष्य

Spread the love

२७ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स भन्ने बित्तिकै सबैको दिमागमा नेपाल प्रिमियर लिग (एनपीएल) को महँगो टोली भन्ने आउँछ ।

पोखरा एभेन्जर्सले सन् २०२२ मा क्यानकै आयोजनामा भएको नेपाल टी-२० लिग पनि खेलेको थियो । त्यसपछि एनपीएलको पहिलो सिजनमा पोखरा सबैभन्दा महँगो टोली बन्यो ।

एनपीएलकै सबैभन्दा महँगो टोली पोखरा फ्रेन्चाइज टिम लिनकै लागि ३ करोड ५७ लाख खर्च गरिएको थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा विकास गर्न र ग्रासरुटबाटै क्रिकेट विकासमा योगदान दिनका लागि पोखरा एभेन्जर्सको टिम बनाएर एनपीएलमा पनि सहभागि भएको बताएका थिए ।

पहिलो संस्करण राम्रो टिम बनाएपनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ । पोखराले एनपीएल अघि क्रिकेट र संगितलाई जोड्न पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट समेत आयोजना गरेको थियो ।

Leave a Comment